Quantcast
Channel: reporter – Tamu Samaj, Tamu History, Tamu Culture, About Tamu, Gurungs
Viewing all articles
Browse latest Browse all 56

युम्पो देउरालीले बाजी मारे सर्वोउत्कृष्ट आदिवासी चलचित्रको अवार्ड

$
0
0

yd-3-600x330पोखरा ४ साउन ।
अभियान फिल्मस प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको चलचित्र युम्पो देउरालीले २०७२ सालको आदिवासी जनजाति तर्फको सर्वोउत्कृष्ट अवार्ड जित्न सफल भएको छ । नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालय नेपाल चलचित्र विकास बोर्डबाट हरेक वर्ष प्रदान गर्दै आएको वर्षको उत्कृष्ट चलचित्रको पुरस्कार वितरण समारोहमा आदिवासी जनजाति चलचित्र विधाबाट वेदबहादुर गुरुङ निर्देशीत चलचित्र युम्पो देउरालीले सो अवार्ड जित्न सफल भएको हो । अवार्ड प्राप्त गर्न सफल भएको खुशीयालीमा पोखरामा एक विषेश कार्यक्रमको आयोजना गरी चलचित्र युनिटले आपसमा खुशी साटासाट गरेका छन ।

सो कार्यक्रममा बोल्नुहुँदै चलचित्रका निर्देशक एवं गुरुङ फिल्म एशोसियशन नेपाल ९जिफान०का अध्यक्ष वेदबहादुर गुरुङ (श्याम)ले चलचित्रले अवार्ड जित्नु भनेको एक जना निर्देशकको मात्र मेहेनत नभएर सम्पूर्ण कलाकार, प्राविधिक, निर्माता तथा प्रत्यक्ष , अप्रत्यक्ष रुपमा चलचित्र निर्माणमा सहयोग पुर्‍याउने ब्यक्तिहरुको महत्वपूर्ण भुमिका रहेको भन्दै सबैलाई धन्यवाद दिनुभयो ।

साथै उहाँले आफनो जीवनकालमा यस अघि ६ वटा विशुद्ध गुरुङ भाषाको चलचित्र निर्माण गरेको तर कुनैपनि चलचित्रले यसप्रकारको अवार्ड भन्दै युम्पो देउराली चलचित्रले ३ वटा महत्वपूर्ण अवार्ड जित्न सफल हुन भनेको चलचित्रको सबल पक्ष बढी हुन र सबैको अथक मेहेनत तथा चलचित्रका परिकल्पनाकार स्व।लोकबहादुर गुरुङको आर्शिवाद रहेको बताउनु भयो । सो अवसरमा उहाँले युम्पो देउरालीले चलचित्र अब यहि जुलाई ३० तारिखमा हङकङमा विषेश प्रदर्शन हुने र अब अभियान फिल्मको ८औं प्रस्तुती नयाँ चलचित्रको निर्माण प्रक्रिया शुरु हुने बताउनुभयो ।

नयाँ बन्ने चलचित्रको आउदो मंसीर महिनाबाट छायाँङकनको काम शुरु हुने बताउनुभयो । कार्यक्रममा युम्पो देउरालीको प्रदर्शनका लागि हङकङ जान लाग्नु भएका निर्देशक वेदबहादुर गुरुङ ९श्याम०लाई सफल यात्राको कामना गर्दै चलचित्र युनिटको तर्फबाट विदाई गरिएको थियो । यो चलचित्र यसअघि पोखरा, काठमाडौ लगायत यु।के।, कतार, मकाउ, दक्षिण कोरिया, अष्ट्रेलिया लगायतका विभिन्न देशमा सफलता पूर्वक सम्पन्न भईसकेको छ । सो कार्यक्रममा चलचित्रका सह-निर्देशक राजेश गुरुङले चलचित्र सफल हुनुमा निर्देशकको मुख्य भुमिका रहेको भन्दै सफल चलचित्र निर्माण गरेर सबै कलाकार प्राविधिकलाई उचाईमा पुर्‍याउने काम गरेको भन्दै निर्देशक बेदबहादुर गुरुङ ९श्याम०लाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा चलचित्रका नायक साजन गुरुङ, नायिका धनमाया गुरुङ, कलाकारहरु बलबहादुर गुरुङ, रुपा गुरुङ, प्रतिमा गुरुङ, रमेश गुरुङ, नृत्य निर्देशक जसु गुरुङ, छायाँकारहरु युगबहादुर गुरुङ, रञ्जित गुरुङ सम्पादक प्रविण नेपाली लगायतको उपस्थिती रहेको थियो ।चलचित्रले यसअघि नेपाल चलचित्र विकास बोर्ड मातृभाषी प्रबद्र्धन समितिद्धारा प्रदान गरिने प्रोत्साहन पुरस्कार र नेपाल चलचित्र प्राविधिक संघले कतारमा आयोजना गरेको नेफट अवार्ड जितिसेकेको छ ।


Viewing all articles
Browse latest Browse all 56

Trending Articles


Girasoles para colorear


mayabang Quotes, Torpe Quotes, tanga Quotes


Tagalog Quotes About Crush – Tagalog Love Quotes


OFW quotes : Pinoy Tagalog Quotes


Long Distance Relationship Tagalog Love Quotes


Tagalog Quotes To Move on and More Love Love Love Quotes


5 Tagalog Relationship Rules


Best Crush Tagalog Quotes And Sayings 2017


Re:Mutton Pies (lleechef)


FORECLOSURE OF REAL ESTATE MORTGAGE


Sapos para colorear


tagalog love Quotes – Tiwala Quotes


Break up Quotes Tagalog Love Quote – Broken Hearted Quotes Tagalog


Patama Quotes : Tagalog Inspirational Quotes


Pamatay na Banat and Mga Patama Love Quotes


Tagalog Long Distance Relationship Love Quotes


BARKADA TAGALOG QUOTES


“BAHAY KUBO HUGOT”


Vimeo 10.7.0 by Vimeo.com, Inc.


Vimeo 10.7.1 by Vimeo.com, Inc.