Quantcast
Channel: reporter – Tamu Samaj, Tamu History, Tamu Culture, About Tamu, Gurungs
Viewing all articles
Browse latest Browse all 56

गुरुङ (तमू) समाज मकाउको अध्यक्षमा रामेन्द्रकुमार गुरुङ

$
0
0

तमू समाजडटकम, १ असार
गुरुङ (तमू) समाज मकाउको प्रथम अधिवेशनले रामेन्द्रकुमारको अध्यक्षतामा २९ सदस्य नयाँ कार्य समिति चयन गरेको छ । समाजको सचिवमा विकास गुरुङ र कोषाध्यक्षमा धनबहादुर गुरुङलाई चयन गरेको छ । अधिवेशनले कोअर्डिनेटर सदस्यको रुपमा पूर्णबहादुर गुरुङ, नबिन गुरुङ, श्याम गुरुङ, लिलबहादुर गुरुङ, टंकप्रशाद गुरुङ, धनबहादुर गुरुङ, लेखबहादुर गुरुङ, मिलन गुरुङ, शेरबहादुर गुरुङ, अमृत गुरुङ, धनबहादुर गुरुङलाई छनौट गरेको छ ।

यस्तै सह-संयोजक सदस्यको रुपमा मनीकुमार गुरुङ, प्रेमबहादुर गुरुङ, लालबहादुर गुरुङ, अग्नी गुरुङ, रञ्जीत गुरुङ, तिर्थबहादुर गुरुङ, थमनबहादुर गुरुङ, दीपक गुरुङ, मिनबहादुर गुरुङ, जगेन्द्र गुरुङ, टिकप्रशाद गुरुङ, राजेश गुरुङ, दीपक गुरुङ, गंगाबहादुर गुरुङ र अनमोल गुरुङलाई छनौट गरेको छ ।

गत जुन १३ तारिखका दिन मकाउको हार्वर भ्यू होटालमा आयोजना भएको प्रथम अधिवेशनमा गैरआवसीय नेपाली संघका केन्द्रीय सल्लाकार एवं गुरुङ (तमू) समाज मकाउको संरक्षक त्रिलोक गुरुङको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा गुरुङ (तमू) समाज मकाउका संरक्षक एवं लमजुङ समितिका भूपू अध्यक्ष दिलिपसिं गुरुङ, एनआरएन मकाउका अध्यक्ष मुकेशकुमार बरुवाल, मकाउ तामाङ घेदुङ संघका अध्यक्ष दोर्जे तामाङ, किरात याक्थुम चुम्लुङका अध्यक्ष अमेरिका लिम्बू, किरात राई यायोक्खाका महासचिव मंगल राई, लाली गुराँस हङकङका चेतन गुरुङ र विशाल गुरुङ लगायतले अधिवशनेको सफलताका लागि शुभकामना ब्यक्त गर्नुभएको थियो ।

गुरुङ (तमू) समाज मकाउको प्रथम अधिवेशनलाई सफलपार्न हङकङ तथा मकाउबाट विभिन्न ब्यक्ति तथा संघस्थाको तर्फबाट आर्थिक, नैतिक सहयोग प्राप्त भएको थियो ।

कार्यक्रममा तमू ट्यो ह्युल हङकङका अध्यक्ष गणेश गुरुङले पठाउनु भएको शुभकामना सन्देश पढेर सुनाइएको थियो भने लमजुङ सेवा समिति हङकङका विजय गुरुङले पनि कार्यक्रममा आर्थिक एवं शुभकामना संदेश पठाउनु भएको थियो ।

संयोजक रामेन्द्रकुमार गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन पूर्ण गुरुङले गर्नु भएको थियो । समाजको उपाध्यक्ष र तीन सदस्यलाई पछि मनोनयन गरिने नवनिर्वाचित अध्यक्ष रामेन्द्रकुमार गुरुङले बताउनु भएको छ ।
(मकाउबाट जगत गुरुङ, लील गुरुङ र पूर्ण गुरुङको सहयोगमा)


Viewing all articles
Browse latest Browse all 56

Trending Articles


Girasoles para colorear


mayabang Quotes, Torpe Quotes, tanga Quotes


Tagalog Quotes About Crush – Tagalog Love Quotes


OFW quotes : Pinoy Tagalog Quotes


Long Distance Relationship Tagalog Love Quotes


Tagalog Quotes To Move on and More Love Love Love Quotes


5 Tagalog Relationship Rules


Best Crush Tagalog Quotes And Sayings 2017


Re:Mutton Pies (lleechef)


FORECLOSURE OF REAL ESTATE MORTGAGE


Sapos para colorear


tagalog love Quotes – Tiwala Quotes


Break up Quotes Tagalog Love Quote – Broken Hearted Quotes Tagalog


Patama Quotes : Tagalog Inspirational Quotes


Pamatay na Banat and Mga Patama Love Quotes


Tagalog Long Distance Relationship Love Quotes


BARKADA TAGALOG QUOTES


“BAHAY KUBO HUGOT”


Vimeo 10.7.0 by Vimeo.com, Inc.


Vimeo 10.7.1 by Vimeo.com, Inc.